मिटरब्याज पीडित र प्रधानमन्त्रीबीच वार्ता जारी


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९
2.1K
SHARES

१८ चैत काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरेर काठमाडौं आएका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् ।
शनिबार बिहानै उनीहरू आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ ।

उनीहरुले केही दिनयता प्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ नै भेट गर्ने भने पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले सफल भएको थिएन । यसअघि पनि मिटरब्याज पीडितले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर, सहमति भएको छैन ।