काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
1.8K
SHARES

१९ चैत  काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ । बारा–२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा बैठकले निर्णय लिनेछ ।

यसअघि, कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।उपनिर्वाचनको तयारीका लागि केही नेतालाई बैठकले जिम्मेवारी दिनेछ । बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने छ । विवाद समाधान भए आज नयाँ मन्त्री चयन हुनेछन् ।