सरकारले मिटरब्याजीपीडितलाई फेरि धोका दियो – नेता गैरे


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९
2.9K
SHARES

१९ चैत काठमाडौं। नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दिएको आरोप लगाएका छन्। आइतवार बसेको प्रतिनिधिसभा को बैठकको शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘सरकारले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दियो’, उनले भने, ‘ पीडितहरुमाथि सरकारबट अर्को धोक भएको छ। एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरुलाई अझै धोका दिने काम भएको छ।’

उनले आयोगमाथि आयोग बनाउँदा पीडितहरुले न्याय पाउने भन्दा पीडकहरुलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए।  सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरुबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाए।