आज पनि संसद बैठक बस्दै, के-के छन् कार्यसूची
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २४ २०७९
1.9K
SHARES
२४ चैत काठमाडौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८\०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट