ढाकाकुमारबारे भोलि निर्णय हुन्छ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २८ २०७९
1.4K
SHARES

२८ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाराम श्रेष्ठ जोडिएको अडियोबारे भोलि निर्णय हुने बताएका छन् । मंगलबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै रविले पार्टीको छानबिन समितिले गरेको सिफारिसअनुसार भोलि निर्णय हुने बताए ।

त्यो अडियो अथेन्टिक (आधिकारिक) हो र हाम्रो समितिले त्यसलाई कारबाही गर्न योग्य मान्यो भने कुनै पनि हालतमा कारबाही हुन्छ । यो फैसला भोलि नै हुनेछ,” उनले भने ।

रविले कसैले आफूसँग फोटो खिचेकै भरमा पैसा खाएमा आफूलाई आरोप लगाउन नहुने पनि बताए ।”कुनै हरामखोरले मसँग फोटो खिचेका भरमा रवि मेरो साथी हो भनेर पैसा खायो भने छाला त्यसको काढ्ने हो, अरूको होइन, मेरो होइन । आरोप मैले खेप्ने होइन । त्यसैले कसलाई छोडिने छैन र निर्ममभन्दा निर्मम सजाय गरिनेछ । किनकि राष्ट्रिय स्वतन्त्र पार्टी अरू पार्टीजस्तो होइन,” रविले भने ।