संसद् विघटनको दाउमा एमाले छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९
5.4K
SHARES

२९ चैत्र कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि बताए । संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनले उल्लेख गरे । एमालेसँग एकताको सम्भावनाका बारेमा उनले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको उनले बताए ।

“एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ, विघटन गर्न सकिन्छ, मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ,” उनले भने, “त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।” नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । पार्टी छाड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको उनको भनाइ छ ।