नेसपा माओवादी केन्द्रमा विलय हुने भ्रम हो – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९
1.3K
SHARES

२९ चैत्र कठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रमा विलय हुने भ्रम छरिएको बताएका छन्। टीकापुर साहित्यिक महोत्सवबाट काठमाडौं फर्किँदै गर्दा उनले राजमार्गका विभिन्न स्थानमा रोकिएर नेता कार्यकर्तासँग संवाद गरेका थिए।टीकापुरदेखि गुलरिया,नेपालगंज, गोरूसिंगे, बुटवल, भैरहवा हुँदै काठमाण्डौ फर्कँदा साथी/शुभचिन्तकसँग संवाद गर्दा नेसपा माओवादीमा विलय भएको वा हुनसक्ने भ्रम छरिको बुझेको बताएका छन्।

उनले नेसपा माओवादीमा विलय नहुने प्रष्ट्याउँदै वैकल्पिक शक्ति निर्माणका दुई बाटा रहेको पनि बताएका छन्। ‘वैकल्पिक शक्ति निर्माणका दुई बाटा छन्, पहिलो माकेलगायतका पुराना शक्तिसमेत पुनर्संरचित भएर नयँ समाजवादी शक्ति केन्द्र निर्माण गर्ने र दोस्रो नयाँ उदीयमान अग्रगामी शक्तिहरूसंग सहकार्य गर्दै वैकल्पिक प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्ने।’

यी दुई विकल्पबाहेक अरु सबै भ्रम भएको उनले बताएका छन्। उनले नेसपा नयाँ शक्तिदेखि विभिन्न घुम्ती हुँदै पुन: नयाँ वैकल्पिक शक्ति बन्ने कोशिसमा रहेको बताएका छन्।उनले गम्भीर गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान नहुने पनि बताएका छन्। सत्तामा रहेका दल संरचनात्मक सुधारभन्दा सत्ताकै अंकगणितमा तल्लीन देखिएको र यो बढी चिन्ताको विषय भएको उनले बताएका छन्।