शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने , यी नेता मन्त्री बन्दै
३० चैत काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो समूहको आज बिहान बसेको बैठकमा नेता कोइरालाले यस्तो जानकारी गराएका थिए । उनले तर उपनिर्वाचनअघि सरकार विस्तारमा जोड दिन नहुने बताउँदै त्यसपछि मात्रै सरकारमा सहभागी हुनुपर्ने बताएका थिए । “हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछौँ,” समूहका नेताहरुलाई कोइरालाले ब्रिफिङ गर्दै भनेका थिए, “तर हामी उपनिर्वाचनपछिमात्रै सरकारमा सहभागी हुनुपर्छ ।”
सो समूहमा धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीनजना मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जानकारी दियो ।एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय नभएको स्रोतले जानकारी दियो । त्यसैगरी कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरेका छन् । सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ । त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको स्रोतले जानकारी दियो ।