प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ८ २०८०
1.6K
SHARES

८ बैशाख काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

टीआरसी विधेयक, संवैधानिक परिषद्लगायतका विषयमा छलफल भइरहेको उनले बताए । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको थियो ।