रास्वपाले दियो आयोगमा उजुरी


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०
1.6K
SHARES

१० वैळाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूबारे जनमानसमा भ्रम सिर्जना गरिएको भन्दै छानबिनका लागि निर्वाचन आयोगमा उजुरी दिएको छ ।

रास्वपाले इमेलमार्फत आयोगमा छानबिन र कारबाहीको लागि उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

आयोगलाई पठाइएको इमेलसहित पार्टीको फेसबुक पेजमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेलमार्फत ध्यानाकर्षण गराउनुका साथै सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरियोस् भनी निवेदन पेस गरेका छौँ ।