जसपाका कार्यकर्ताले बुथ कब्जा गरे – अध्यक्ष राउत


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०
3.9K
SHARES

१० वैशाख  काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनअन्तर्गत बुथ कब्जा गरिएको आरोप लगाएका छन् । आइतबार बिहान बारा क्षेत्र नम्बर–२ अन्तर्गत एउटा मतदान केन्द्र कब्जा गरिएको उनको आरोप छ ।

पचरौता नगरपालिकाको बेल्डारी मतदान केन्द्र कब्जा गरिएको आरोप उनले लगाए । अरू एक/दुइटा बुथ पनि कब्जा गर्ने प्रयास गरिएको उनको भनाइ छ ।“बिहानैदेखि पचरौता नगरपालिकाको बेल्डारी बुथमा चाहिँ कब्जा भएको अवस्था छ । त्यहाँ हाम्रो बुथ एजेन्टलाई छिर्न दिएको अवस्था छैन,” उनले भने, “बेल्डारीको खास कुरा के हो भन्दाखेरी, त्यहाँ तीन/चार दिनअगाडिदेखि नै त्यो गाउँभित्र पनि प्रचारप्रसारका लागि, घरदैलोका लागि हाम्रो कार्यकर्ताहरू कसैलाई छिर्नै दिएको अवस्था छैन ।” जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताले आफूहरूमाथि अवरोध गरेको आरोप उनले लगाए । जनताले मतदानमार्फत आफूहरूलाई न्याय गर्ने उनले बताए ।