रास्वपा पार्टी : सत्तामा जाने कि प्रतिपक्षमा बस्ने शुक्रबार निर्णय हुने


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
1.8K
SHARES

१८  बैशाख काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय शुक्रबार गर्ने भएको छ ।  पार्टीको सोमबार बसेको केन्द्र्रीय समिति बैठक पश्चात् पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारको विषयमा निर्णय गर्नका लागि शुक्रबारको लागि बैठक बोलाइएको जानकारी दिए ।

केन्द्रीय समिति बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्न संसदीय दललाई निर्देशन दिएको पनि उनले जानकारी दिए । संसदीय दलको बैठक दिउँसो ३ बजे बस्दै छ ।