नयाँ, पुराना सबै नेताहरू चोर हुन् – मेयर शाह


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
2K
SHARES

१९ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई ‘चोर’को संज्ञा दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेनले नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् ।

नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,” बालेनले लेखेका छन् ।

पछिल्ला दिनमा बालेनले नेताहरूलाई लक्षित गरेर टिकाटप्पणी गर्दै आएका छन् । दुई हप्ता अगाडि मात्र बालेनले ‘सिंहदरबाका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ बताएका थिए ।