सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख २० २०८०
1.7K
SHARES
२० वैशाख काठमाडौं । आज (बुधबार) सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ।
बैठकमा सरकारलाई पूर्णता दिने, आगामी वर्षको नीति र कार्यक्रम ल्याउने र बजेट तयारीबारे छलफल हुने उनले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले आठौँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अझै अधुरै छ। अझै पाँच मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट