सरकारलाई समर्थन गर्ने १० दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०
2.3K
SHARES

२ जेठ काठमाडौँ । सत्तारुढ १० दलीय गठबबन्धनको बैठक सकिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा सरकार समर्थित १० दलको बैठक बसेको हो।  बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ भने आगामी जेठ १५ गते बजेट ल्याउने तयारी छ। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको जनाइएको छ।