नक्कली भुटानी शरणार्थी प्रकरण : कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्ने छैनौं – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०
2.1K
SHARES

४ जेठ काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेलाई कारबाही गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन् ।  आजको प्रतिनिधिसभामा भइरहेको प्रश्नोत्तरको क्रममा उनले प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरिरहेको बताए । प्रहरी अनुसन्धानमा कुनै निकायबाट हस्तक्षेप नभएको र हस्तक्षेप हुन पनि नदिने बताए ।

“नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । बाँकी राख्ने पनि छैन,” प्रधानमन्त्रीले भने ।

उनले भ्रष्टाचारको अन्य प्रकरणको पनि अनुसन्धान र कारबाही हुने बताए । दोषी उक्काउन नपाओस् र निर्दोष नउम्कियोस् भन्नेमा सचेत रहेको बताए ।  जुनसुकै तह र तप्काका भए पनि दोषी कारबाहीको दायरामा आउने बताए । कुनै आग्रह, पुर्वाग्रह नगरी अन्तिम निष्कर्ष निकाली कारबाहीको तयारी भएको बताए । कारबाहीको दायरामा ल्याए मात्रै सुशासनको थालनी गर्न सकिने बताए ।