गिरिजाप्रसादले ‘फर्गिभ एण्ड फर्गेट’ गर्रौ भन्दा मैले मानिन – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ४ २०८०
1.4K
SHARES

४ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्गीय गिरिजाप्रसाद कोइरालामाथि प्रश्न उठ्ने विषय उठान गरेका छन् । विस्तृत शान्ति सम्झौतापछि बेपत्ता छानविन र सत्य निपण आयोगको काम एउटै निर्णयबाट सक्न कोइरालाले प्रस्ताव राखेको प्रचण्डले संसद्‌मा जानकारी गराएका हुन् ।

शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता कोइरालाले द्वन्द्वकालीन घटना सहमतिमा एउटै निर्णयबाट गरौ भन्दा आफूले नमानेको बताएका हुन् ।  “गिरिजाप्रसाद कोइरालाले फर्गिभ एण्ड फर्गेट गरौ भन्नुभएको हो,” प्रचण्ड भने, “त्यसो भन्दा मैले मानिन र सत्य निरुपण र मेलमिलाप आयोग मार्फत टुंग्याउने प्रयत्न भएको हो ।”