मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५ २०८०
1.3K
SHARES

५ जेठ काठमाडौं । मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। आज नै राष्ट्रपति रामन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्।

यसले तय गरेको नीति अनुसार बजेट कार्यक्रम समावेश गर्ने छ। आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रालयले तयार गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट कार्यक्रम अर्थमन्त्रीबाट सार्वजनिक हुने छ।