पशुपतिको जलहरी विवादले संसद् बैठक प्रभावित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
1.7K
SHARES

१२ जेठ काठमाडौं । प्रतिनिधिसभाको बैठक पशुपतिको जलहरी विवादले प्रभावित भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालिएको भन्दै माओवादी सांसदले गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको छ ।

एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने  अडान राखेपछि बैठक सुरु हुन नसकेको एक सांसदले जानकारी दिए ।