गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारी)द्धारा दिप प्रज्वलन
१५ जेठ काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले दिपप्रज्वलन गरेर गणतन्त्र दिवस मनाएका छन् । अखिल (क्रान्तिकारी) ले गणतन्त्र दिवसको अवसरमा माइतीघर मण्डलामा दिप प्रज्वलन गरेको हो ।
जन निर्वाचित पहिलो संविधानसभाबाट वि.सं २०६५ जेठ १५ गते निरंकुशराजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२/६३ कोजगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभरगणतन्त्र दिवस मनाइन्छ ।
उक्त दिपप्रज्वलन कार्यकरम अखिल क्रान्तिकारी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा भएको हो । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय संयोजक पवन कार्की रहेको र विभिन्न क्यापसहरु बाट नेताकार्यकर्ता विद्यार्थीहरु उपस्थि रहेको केन्द्रीय प्रवक्ता उपदेश यादवले जानकारी दिए ।