सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो – मेयर शाह


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १६ २०८०
2.1K
SHARES

१६ जेठ काठमाडौं । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् ।उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’