‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ – मेयर साम्पाङ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ १८ २०८०
5.7K
SHARES
१८ जेठ काठमाडौ । भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपाल झस्किएको छ। यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन्।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट