कति ब्याज दिने? अब बैंक आफैले निर्णय गर्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २८ २०८०
2.1K
SHARES

२८ असार काठमाडौं । बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम दर निर्धारणलाई खुला छाड्ने निर्णय गरेको छ।  बिहीबार बसेको संघको बैठकले उक्त निर्णय गरेको हो। यसअघि बैंकहरूमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दथ्यो। संघले ब्याजको अधिकतम् सीमा निर्धारण गर्ने गर्थ्यो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको अवस्थामा संघले भद्र सहमतिमा ब्याजदर निर्धारणको अधिकार बैंक स्वयंलाई दिएको हो।

निक्षेपको ब्याजदर निर्धारण बैंक आफैले गर्ने सहमति भएको संघका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। उनले भने ‘आज संघको बैठकले ब्याजदरको सीमा नतोक्ने निर्णय गरेको हो।’ हरेक नयाँ महिना  सुरु हुन अगावै बैंकहरूले ब्याजदर निर्धारण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान रहेको छ।