किम जोङ उनले राइफल ताकेपछि


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
1.7K
SHARES

२१ साउन काठमाडौं । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले यो हप्ता बिहीबार र शनिबारका बीच देशको मिसाइल इन्जिन र हतियार कारखानाको भ्रमण गरेका छन्। जसमा क्रुज मिसाइल र हवाई हतियार बनाउने कारखाना पनि छन्।

यस क्रममा किम जोङ आफैँले विभिन्न राइफल बोकेका तस्बिर पनि सार्वजनिक भएका छन्। उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ कि किम जोङ उनले देशको सुरक्षाका लागि गोलाबारुद र हतियारको उत्पादन बढाउन जोड दिएका छन्।

रोयटर्सका अनुसार किमले निरीक्षण गरेका लन्चरहरू सामान्यतया ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्न प्रयोग गरिन्छ। उत्तर कोरियाले धेरै रकेट लन्चर, उन्नत क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ।