चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
1.7K
SHARES

२८ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको दोस्रो संशोधन गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ दोस्रो संशोधन गर्न बैंकहरूसँग तथ्यांकसहित सुझाव समेत मागेको छ ।

गत आर्थिक वर्ष २०७९ कात्तिकमा चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ जारी गरेको थियो। जसको पहिलो संशोधन २०७९ पुस २० गते गरिएको थियो। पहिलो संशोधनले समेट्न नसकेको व्यवसायीको माग सम्बोधन गर्ने गरी दोस्रो संशोधन प्रक्रियामा राष्ट्र बैंक अघि बढेको हो।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चालू पुँजी कर्जा मार्गदर्शनलाई बैंक तथा वित्तीय संस्थाको सुझावसमेतका आधारमा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरिएको थियो। सोहीअनुसार प्रक्रिया शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले दिएको सुझाव र चालू पुँजी कर्जाको तथ्यांकका आधारमा राष्ट्र बैंकले आवश्यक देखिए पुरानो व्यवस्था संशोधन गर्ने तयारी गरेको छ ।