वाग्नर समूहका प्रमुख प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०
4.8K
SHARES

७ भदौ काठमाडौं । रुसी सेना विरुद्ध विद्रोह गर्न खोजेको रुसी भाडाको सेना वाग्नर समूहका प्रमुख येभ्गेनी प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ ।

उनी चढेको निजी जेट विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको रुसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सो विमानमा प्रीगोजिन पनि सवार रहेको बताइएको छ ।

उनले गत जुनमा रुसको सशस्त्र सेना विरुद्ध विद्रोहको प्रयास गरेका थिए । दुर्घटना रुसको उत्तर पश्चिम क्षेत्रमा भएको बताइएको छ ।