टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए निवेदन
१२ भदौ काठमाडौं ।सामाजिक अभियान्ता युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । उनले टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको गुनासोसमेत गरेका छन् । सफलले आफ्नो निवेदनमा टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् ।
उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’ ।
