काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०
1.9K
SHARES

१३ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ ।

स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।

सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।