पेप्सिकोला दुर्घटना अपडेट : घाइते सशस्त्र प्रहरीको मृत्यु, मृतकको संख्या २ पुग्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
2.5K
SHARES

१७ भदौ काठमाडौ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आइतबार (आज) बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल  नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ।  यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।