बंगलादेशमा पनि अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटै ५५ किलो सुन गायब


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
3.7K
SHARES

१८ भदौ काठमाडौ  । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार गाेदामबाट सुन हराएकाे प्रकरण सेलाउन नपाउँदै दक्षिण एशियाली छिमेकी मुलुक बंगलादेशकाे विमानस्थल भन्सार गाेदामबाट पनि ५५ किलाे सुन चाेरी भएकाे छ।

ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको अति सुरक्षित भन्सार गोदामबाट ५५ किलो सुन चोरी भएको द विजनेश स्टाण्डर्डले उल्लेख गरेकाे छ । गोदामबाट ५५ किलो सुन हराएको अनौपचारिक जानकारी आफूलाई आएको विमानस्थल प्रहरी इकाईका सहायक उपायुक्त तोहिदुल इस्लामले बताएका छन् ।ड्यूटीमा रहेका अधिकारीले सबै चीजहरू ठीक ठाउँमा रहेको सुनिश्चित गरेपछि राती आफ्नो स्टेशन छोडेका थिए तर, भोलिपल्ट शुक्रबार बिहान  गोदाममा पुग्दा स्टिल दराजकाे ताला फुटेको भेट्टाएका थिए । यो गोदाम प्रायः तस्करी र अवैध सुनको बरामद आपूर्तिहरू भण्डारण गर्न प्रयोग हुने भएकाले सीसीटीभीको निगरानीमा राखिएको छ। भन्सार अधिकारीहरूले आफैं सीसीटीभी क्यामेरा र समग्र सुरक्षा प्रोटोकलहरूको निगरानी गर्छन् ।

काठमाडा‌ै‌ं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गाेदामबाट शंकास्पद विद्युतीय चुराेट(भेप) भित्र लुकाइएकाे सुन सहित भेप चाेरी भएकाे घटना अझै पनि सेलाएकाे छैन । भन्सार कर्मचारीसँगकाे मिलेमताेमा अति सुरक्षित भन्सार गाेदामबाट सुनसहितकाे भेप चाेरी गरेर सुन नभएकाे भेप गाेदाममा भण्डार गरेका थिए ।