बिहीबार सार्वजनिक बिदा , राष्ट्रिय झन्डा आधा झुकाइने


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २६ २०८०
2.2K
SHARES

२६ भदौ काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।