६१ किलो सुन प्रक्ररण : १ अर्ब भुक्तानी


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २७ २०८०
1.6K
SHARES

२७ भदौ काठमाडौं । ६१ किलोग्राम सुन प्रकरणमा सुनचाँदी व्यवसायी शिव कुमार सराफ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ केजी सुन प्रक्रणमा संलग्न रहेको भन्दै व्यवसायी सराफलाई पक्राउ गरेको जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि पक्राउ गरिएको सीआईबीले बताएको छ । व्यवसायी शिव कुमार सराफ सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष हुन् । सीआईबीका अनुसार व्यवसायी सराफ सुन किनबेचमा संलग्न रहेका थिए । उनले सुन खरिद गरेवापत् भारतबाट भुक्तानी गरेका थिए ।

उनले क्रिप्टोमार्फत् सुन खरिद गरेको रकम भुक्तानाी गरेको सीआईबीले बताएको छ । क्रीप्टोमार्फत् उनले १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको भेटिएको बताइएको छ ।