चट्याङ लागेर १ जनाको मृत्यु, १९ जना घाइते
२८ भदौ दैलेख । दैलेखका चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेका महावु गाउँपालिका– १ की ४२ बर्षीय भुमिसरा खत्री रहेकी छन्।भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृतक घोषणा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ ।
चट्याङबाट दलबहादुर गुरुङ, जयबहादुर गुरुङ, सम्झना गुरुङ, रोशनी गुरुङ, खरजंग गुरुङ घाइते भई बेहोस भएकोले जिल्ला अस्पताल दैलेखबाट प्रदेश अस्पताल सुर्खेत रिफर भएका छन् । यस्तै, शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कबिराज थापा, शेरबहादुर सेन, पदमाकुमारी सेन, मनसरा जैशी र मिनबहादुर थापा घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ ।
यसैगरी, नारायण नगरपालिका ४ तामेखोला स्थित दिलबहादुर खड्काको गोठमा चट्याङका कारण एक गोरुको मृत्यु भएको छ भने अर्को घाइते भएका छ । उक्त चट्याङबाट स्थानीय पार्वती कठायत र नन्दा कठायत घाइते भई बेहोस अवस्थामा जिल्ला अस्पताल दैलेखबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।