२० कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सूचनासहित)


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०
1.6K
SHARES

१६ असोज काठमाडौं । सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।  सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो।

कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ।

विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।  तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।