नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज जादै


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २४ २०८०
9.1K
SHARES

२४ असोज काठमाडौ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ। गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयले उनीहरूको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज पठाइने जनाएको छ। दुबई ट्रान्जिट हुँदै जहाज इजरायल जाने परराष्ट्र मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो। जसमा २ सय बढीले आवेदन दिएका छन्। शनिबार इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। बेपत्ता ४ जनामध्ये ३ जना भेटिएका छन् भने अझै कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन रहेका छन्।