इजरायलबाट २५३ जना नेपाली विद्यार्थी नेपाल आईपुगे
२६ असोज काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थी बोकेर आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बिहीबार राति २:३७ बजे विमान अवतरण गरेको हो ।
कट्टरपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले बिहीबार बिहान जहाज पठाएको थियो । विद्यार्थी ल्याउन परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल गएको थियो ।
उद्धार उडानको नेतृत्व वरिष्ठ काप्तान श्रवण रिजालले गरेका थिए । गएको शनिबार हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।