यस कारण कतारका अमिरको नेपाल भ्रमण स्थगित


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १३ २०८०
3.1K
SHARES

१३ कार्तिक काठमाडौं । यही कात्तिक २० र २१ गते हुने भनिएको कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ।  कतारी अमिरले गर्ने भनिएको दुई दिने पूर्व निर्धारित नेपाल भ्रमण स्थगित गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण उनले नेपाल भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्। काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई अमिर शेखले भ्रमण स्थगित गरेको जानकारी गराएको छ।

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको अवस्थामा भ्रमण स्थगित भएको हो। आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने परराष्ट्र मन्त्रालएका एक अधिकारीले जानकारी दिए।