अब मोबाइलबाटै लाइसेन्स देखाउन मिल्ने
१३ कार्तिक काठमाडौँ । ट्राफिक चेकजाँचमा अब नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउन सकिने भएको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी साधन चेकजाँचको बखत नागरिक एपमार्फत देखाइने लाइसेन्सलाई मान्यता दिने भएको हो । नागरिक एपले आज आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै देशव्यापी रुपमा सो व्यवस्था कार्यान्वयनमा आएको जानकारी गराएको छ ।
‘नेपाली नागरिकले ट्राफिक नियम उल्लङघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं’, सूचनामा उल्लेख छ । त्यस्तै, सवारी धनीलाई एपमा सवारी चालक अनुमतिपत्र लिंक गर्न सूचित गराइएको छ ।