भूकम्पको धक्का महसुस


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
5K
SHARES

१७ कार्तिक काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटको आसपासमा ५‍‍. ४ रेक्टर स्केलको भूकम्प महसुस भएको हो । भूकम्पबारे विस्तृत विवरण आइसकेको छैन् ।

काठमाडाै‌का साथै भूकम्पको धक्का पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढ्ता महसुस गरिएको छ ।

भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।