तनहुँमा बस दुर्घटना : ३४ जना घाइते
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक १८ २०८०
2.9K
SHARES
१८ कार्तिक तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा शनिबार बिहान ५:१० बजे बस दुर्घटना भएको छ । व्यास-१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना५ख१७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालकसहित ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल, पोखरा र चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट