डेभलपमेन्ट बैंकर्स एशोसिएसनले परिवर्तन गर्याे लोगो र छाप


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०
4.7K
SHARES

२१ कार्तिक काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान)को लोगो र छाप परिवर्तन गरिएको छ । संघले साविकको लोगो र छापलाई परिवर्तन गर्दै नयाँ लोगो र छाप प्रचलनमा ल्याएको जनाएको छ ।

नयाँ लोगोमा संघको छोटो नाम डिबानलाई बोल्ड अक्षरमा देख्न सकिनेछ भने तलपट्टि डेभलपमेन्ट बैंकर्स एशोसिएसन लेखिएको छ । साविक गोलो घेराभित्र संघको नाम उल्लेख गरिएको थियो ।

गत चैत ३ गते सम्पन्न एशोसिएसनको १७औँ वार्षिक साधारणसभाले लोगो र छाप परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृति लिई लोगो र छाप परिवर्तन गरिएको जनाएको छ ।