आइएमई लाइफको नाफा ७६ प्रतिशतले वृद्धि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २४ २०८०
1.8K
SHARES

२४ कार्तिक काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ७६ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३९ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ०३ लाख कमाएको छ ।

कम्पनीले ३ महिनाको अवधिमा १ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।  कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २६ दशमलव ३६ प्रतिशतले वृद्धि भएको  छ भने प्रथम बीमा शुल्क ५८ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । नवीकरण बीमा शुल्क पनि १८ दशमलव २९ प्रतिशतको वृद्धि देखिएको छ । पुनर्बीमा गरेर कम्पनीले १ अर्ब ०३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

४ अर्ब चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा १ अर्ब ५३ करोड, महाविपत्ति जगेडामा १३ करोड ४५ लाख, रिटेण्ड अर्निङ् ६६ करोड ९ लाख र अन्य जगेडामा ५५ करोड ७ लाख संचित गरेको छ । जीवन बीमा कोष ७ अर्ब ४६ करोड पुगेको छ। जुन ५ दशमलव ०३ प्रतिशतको वृद्धि हो ।प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ०४ पैसा र किताबी मूल्य १७१ रुपैयाँ ९९ पैसा छ ।