प्रहरीमा दुर्गा प्रसाईविरुद्ध जाहेरी , के होला आन्दोलन ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ५ २०८०
2.4K
SHARES

५ मंसिर काठमाडौँ । पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ । कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।

प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषामा जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ । ।