एभरेष्ट बैंकको १२८ औं शाखा टोखामा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ८ २०८०
8K
SHARES

८ मंसिर काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले  विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले शुक्रबार टोखा नगरपालिका वडा नं. ६ टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । यस शाखासंगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ । पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।