घरमा आगलागी हुदा ४ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०
2.4K
SHARES

९ मंसिर काठमाडौँ । बर्दियाको गुलरिया-४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ ।

एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।