‘फेसन पेन्ट्स’ले रङ्गायो राष्ट्रपति र प्रधानमन्त्री निवास
१० मंसिर काठमाडौं । नेपालमै उत्पादित पेन्ट्सले राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रङ्गिएको छ । स्वदेशमै उत्पादित फेसन पेन्ट्सले चाडबाडको समयमा पारेर बालुवाटारस्थित राष्ट्रपति र प्रधानमन्त्री कार्यालय रंग्याएको हो । राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसँगै प्रधानन्यायाधीशको निवासमा समेत फेसन पेन्ट्सले रङरोगन गरेको छ । यी सबै कार्यालयको भवन, कम्पाउन्ड र पर्किङस्थल तथा गमलाहरूमा समेत रातो, सेतो र अन्य रङहरु लगाइएको छ ।
प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, बालुवाटारको पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रङ लगाएर लगाइएको कम्पनीले जनाएको छ । यसबाट अन्य विदेशी पेन्ट्सको तुलनामा नेपाली पेन्ट्सको गुणस्तर कम छैन भन्ने प्रमाणित हुने कम्पनीको भनाई छ ।
७ वर्ष अघिदेखि नेपालमै उत्पादन सुरु गरेर को कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव पुडासैनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको बताए । उनले नेपाली उत्पादन फेसन पेन्ट्सका रङहरु प्रयोग गरी यो रङरोगन गरिएको जानकारी दिए । नेपालमै उत्पादन गरिएको पेन्ट्स राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा प्रयोग हुदा उत्साह थपिएको कम्पनीको भनाई छ ।


