भोलि १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल हुने


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १० २०८०
1.8K
SHARES

१० मंसिर काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले मङ्सिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

यद्यपि, केन्द्रीय बैङ्कले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो । बैङ्कद्वारा जारी सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गरिनेछ ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मङ्सिर ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर १२ गते हुनेछ । यसअघि केन्द्रीय बैङ्कले मङ्सिर ४ गते २३ अर्ब २३करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।