आज एकैदिन ३७ कम्पनीको एजीएम हुँदै
२९ पुस काठमाडौं ।आज एजीएम डाकेका ३७ मध्ये १४ कम्पनीको सञ्चालक समितिले शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । शेयरधनीलाई नेपाल टेलिकमले सबैभन्दा धेरै ४० प्रतिशत लाभांश प्रस्ताव गर्दा राधी विद्युत कम्पनीले सबैभन्दा कम ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गराउन एजीएममा लैजाँदैछ ।
२३ वटा कम्पनीहरूले भने लगानीकर्तालाई निराश बनाएका छन् । यी कम्पनीको सञ्चालक समितिले शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिनेबारे साधारण सभामा कुनै प्रस्ताव लैजाँदैछैन ।