आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ४ २०८०
2.1K
SHARES

४ माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले आज उक्त अध्यादेश जारी गरेको शीतल निवासले राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Scan_20240118-1705577481.jpg