रु. ७ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, थप ५ अर्ब उठाउँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १३ २०८०
2.3K
SHARES

१३ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ भने थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ।राष्ट्र बैंकले ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो भने ९१ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ फागुन १३ गते र २०८१ जेठ ८ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल फागुन १५ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार फागुन १४ गते दिउँसो ३ बजे हुनेछ।ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।